Create React App

रियाक्टजेएस इन्सटल गर्नको लागी सबै भन्दा पहिले आफ्नो कम्प्युटरमा नोडजेएस ईन्सटल भएको छ कि छैन बिचार गर्नु पर्दछ । यदी छैन भने यो लिङ्कमा गएर त्यसमा भएको ईन्सटलेशन फाईल डाउनलोड नोड जेस रन गर्नुहोस । त्यसपछी एनपिएम ईन्सटल गर्नु पर्दछ । npm इन्सटल गर्नको लागी यो कमाण्ड प्रम्पट मा गएर तल दिए अनुसार गरे पुग्छ । एनपिएम सम्बन्धी थप जानकारि यो लिङ्कमा पाउन सकिन्छ ।

npm install -g npm

npm ईन्सटल भए पछी अब त्यसै npx को साहायताले रियाक्ट एप को इन्सटल गर्न सकिन्छ ।

npx create-react-app my-app
cd my-app
npm sta

npm ले प्याकेज एन्सटल गर्ने काम गर्दछ भने npx ले प्याकेज एक्जीक्युट गर्ने काम गर्दछ ।

├── README.md
├── node_modules
├── package.json
├── .gitignore
├── public
│   ├── favicon.ico
│   ├── index.html
│   ├── logo192.png
│   ├── logo512.png
│   ├── manifest.json
│   └── robots.txt
└── src
    ├── App.css
    ├── App.js
    ├── App.test.js
    ├── index.css
    ├── index.js
    ├── logo.svg
    ├── serviceWorker.js
    └── setupTests.js

रियाक्ट एप क्रियट गरी सके पछी त्यो फोल्डर ब्राउज गरेर हेर्नु भयो भने माथी देखाएको जस्तो फोल्डर स्ट्रक्चर देख्नु हुनेछ । यहाँ public फोल्डरमा भएका फाईलहरु मात्र ब्राउजरमा देखीने हुन्छन । src फोल्डरमा भएका फाईलहरु सोझै ब्राउजरमा रेण्डर हुदैनन । node_modules फोल्डरमा भएका फाईलहरु हामीले केही चलाउनु पर्दैन । रियाक्ट एप इन्सटल गर्दा आफै इन्सटल हुने प्याकेजहरु पछी एप बिल्ड गर्दा आवश्यक फाईलहरु आफ्नो प्रोजेक्ट फोल्डरमा रहन्छन ।

src भन्ने फोल्डर भित्र थप सबफोल्डरहरु निर्माण गर्न सकिन्छ । यसै फोल्डर भित्र भएका फाईलरुलाई मात्र webpack ले प्रोसेस गर्ने ब्राउजरमा रेण्डर गर्ने हुन्छ ।

अब प्रोजेक्ट फोल्डर भित्र रहेर बिभिन्न कमाण्डरहरु रन गर्न सक्नु हुन्छ । यि कमाण्डहरु प्रत्येकको आफै काम हुन्छन । जस्तो npm start एप्लीकेशनलाई डेभलपमेन्ट मोडमा रन गराउदछ छ। ब्राउजरमा उक्त एप्लीकेशन ब्राउज गर्नको लागि http://localhost:3000/ मा जानु पर्दछ ।

Last updated