टपटेन जाभास्क्रीप्ट मेथड
१) जाभास्क्रीप्ट array मा pop() मेथडले array मा भएको अन्तिम ईलेमेन्टलाई देखाउने गर्दछ ।
let cities = ['Pokhara','Kathamdnu','Biratnagar'];
console.log(cities.pop());
//Output -> "Biratnagar"२) जाभास्क्रीप्ट array मा push() मेथडले नयाँ ईलेमेन्ट घुसाउने काम गर्दछु ।
let cities = ['Pokhara','Kathamdnu','Biratnagar'];
cities.push("Dharan");
console.log(cities)
//Output -> ["Pokhara","Kathamdnu","Biratnagar","Dharan"]३) जाभासक्रीप्ट array मा forEach ले प्रत्येक ईलेमेन्टमा एक पटकमा एक पटक देखाउछ । र कुनै array मा भएका ईलेमेन्टहरु नसकिउन्जेल देखाई रहन्छ ।
let cities = ['Pokhara','Kathamdnu','Biratnagar'];
cities.push("Dharan");
cities.forEach(city => console.log(city));
/* Output ->
"Pokhara"
"Kathamdnu"
"Biratnagar"
"Dharan"
*/४) जाभास्क्रीप्ट array मा slice() मेथडले कुनै array मा भएको ईलेमेन्टलाई देखाउने गर्दछ । यसमा कुन देखी कुन देखाउने भनेर डिफाइन गर्नु पर्ने हुन सक्छ ।
५) जाभास्क्रीप्ट array मा concat() मेथडले २ वटा array() ईलेमेन्टलाई एउटैमा जोड्ने काम गर्दछ ।
६) जाभास्क्रीप्ट array मा sort() मेथडले array() भित्रका ईलेमेन्टहरुलाई (बर्णानुक्रम अनुसार) क्रमबद्द गर्ने काम गर्दछ ।
७) जाभास्क्रीप्ट array() मा filter() मेथडले array भएका ईलेमेन्टहरुलाई निस्चती क्राईटेरिया अनुसार देखाउन गर्दछ । MySQL मा where cluse सँग यसको तुलना गर्न सकिन्छ ।
८) जाभास्क्रीफ्ट array मा includes() मेथडले कुनै array भित्र कुनै इलेमेन्ट छ छैन टेष्ट गर्ने काम गर्दछ । यसले बुलेन भ्यालु आउटपुट दिन्छ ।
९) जाभास्क्रीफ्ट array मा join() मेथडले array लाई स्ट्रीङ्ग भ्यालुमा जोड्ने काम गर्छ ।
१०) जाभास्क्रीप्ट array मा मेथडले array ले array भित्रको sub-array लाई पनि मिलाएर नयाँ array को निर्माण गर्दछ ।
Last updated
