जेएसएक्स (JSX) : जेएसएक्स जाभास्क्रीप्टको बिस्तृत (Extended) रुप हो । यसले टेम्पलेट ल्याङ्गवेजको जस्तो काम गर्छ यद्दपी यो जाभास्क्रीप्टकै एक स्वरुप हो । यसले रियाक्टडोम (React DOM) को लागी ईलेमेन्ट बनाई दिने काम गर्छ ।
माथीको उदारणमा formatName भन्ने एउटा फङ्गसन छ । जसले firstName र lastName भन्ने भेरिएबलको बिचमा स्पेस (white space) ले छुट्याउने काम गर्दछ । त्यसपछी त्यही formatName भन्ने जाभास्क्रीप्ट फङ्गसनलाई h1 ट्याग भित्र रेन्डर गरिएको छ । माथीको उदारणलाई कोडपेनमा हेर्न यहाँ क्लिक गर्नुहोस ।
जेएसएक्स एक्सप्रेसनलाई रेगुलर जाभास्क्रीप्टमा झै if तथा foor लुप / लजिकल स्टेटमेन्टमा प्रयोग गर्न सकिन्छ । माथिको उदारणमा getGreeting भन्ने फङ्गसनमा सिधै h1 ट्यागलाई रेन्डर गरीएको छ । प्लेन जाभास्क्रीप्टमा यो सम्भव हुदैन । यसलाई कोडपेनमा हेर्न यहाँ क्लिक गर्नुहोस ।
जेएसएक्स मा एट्रीब्युट स्पेसीफाई गर्दा डबल कोट को प्रयो गरीन्छ । तर कर्ली ब्राकेटको अगाडी डबल कोटको प्रयो गर्न पाईदैन ।