Props (प्रप्स)

JSX मा props (प्रप्स) भनेको HTML मा एट्रीब्युट भए जस्तै हो । यद्दपी JSX (जेएसएक्स) मा प्रप्स पास गर्न सकिन्छ । जेएसएक्समा प्रप्स पास गरे पछी डाटा एक्सेस गर्न सकिन्छ । अर्को शब्दमा भन्नु पर्दा रियाक्ट कम्पोनेन्ट (React components) मा पास गरिने आर्गुमेन्ट (arguments) लाई प्रप्स (Props) भनिन्छ ।

function Welcome(props) {
  return <h1>Hello, {props.name} </h1>;
}

function App() {
  return (
    <div>
      <Welcome name="Shyam" />
      <Welcome name="Sita" />
      <Welcome name="Rakesh" />
    </div>
  );
}
const root = ReactDOM.createRoot(document.getElementById("root"));
root.render(<App />);

माथि फङ्गसनल कम्पोनेन्टमा प्रयोग भएको छ । यसलाई कोडपेन समेत राखीएको छ । क्लास कम्पोनेन्टमा प्रप्स प्रयोग हेर्न यहाँ क्लिक गर्नुहोस

Last updated